१०० वर्ष पछि अमेरिकामा देखियो वुलभरिन !

हलिउड मूभीजको फेमस क्यारेक्टर्समध्येको एक हो वुलभरिन ।

जो यस्तो दुर्लभ जनावर हो, जसलाई कमै मात्र देखिन्छ । तर १०० वर्षको लामो समयको पर्खाईपछि यो जीव अमेरिकामा फेरि देखिएको छ ।

यो मांशाहारी जीव नेशनल पार्कमा खेल्दै देखिएको थियो जसको भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो दुर्लभ जनावरको एक समूह १०० वर्ष पछि वाशिंगटनको माउण्ट रेनियर नेशनल पार्कमा देखिएको हो ।

नेशनल पार्कले आधिकारीक रुपमा १०० वर्षपछि यो जीव देखा परेको आफ्नो वेबसाइट मार्फत जानकारी गराएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?