सुशान्त आत्महत्या केस : अहिलेसम्म भेटिएनन् हत्या भएका कुनै प्रमाण

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकराणको अनुसन्धान अहिले सीबीआर्यले गरिरहेको छ ।

गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

त्यसपछि उनले आत्महत्या गरेका हुन् वा उनको हत्या भएको हो भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्मको अनुसन्धानमा उनको हत्या भएको हो भन्ने कुनै पनि प्रमाण नभेटिएको बताइएको छ ।

उनको आत्महत्या प्रकरणमा मुख्य आरोपी मानिएकी सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीसँग पनि सोधपुछ भईरहेको छ । तर अहिलेसम्महत्या भएको भन्ने कुनै पनि प्रमाण नभेटिएको अधिकारीहरुले बताएका छन् ।

अहिले सीबीआईको टिम उनको सुसाईड केसमा फोकस भएर अनुसन्धान गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?