काठमाडौं । अनलाइन सामान डेलिभरी गर्ने काम अहिले धेरै राम्रो मानिन्छ । किनभने घरमा नै एक म्यासेज वा कलको भरमा सामान पुग्छ । तर कतिपय ठाउँमा भने यहि अनलाइन डेलिभरी घातक साबित भएको छ ।
किनभने अमेरिकाको न्यूयोर्कमा एउटा यस्तै घटना भएको छ । त्यहाँका एक व्यक्तिले निकको कपडा अनलाइन अर्डर गरेका थिए । तर डेलिभरी भईसकेकपछि भित्र किरा नै किरा देख्दा अचम्मित भए ।
बेन स्मिथी नामका व्यक्तिले कम्पनीमा सम्पर्क गर्ने कोशिस गरे । तर ग्राहक सेवाको अनुभवबाट निराशा मात्र हात लाग्यो ।
त्यसपछि उनले उक्त कुरा सोसल मिडियामा शेयर गरेका छन् ।
उनले निक कम्पनीसँग केहि कपडा मगाएका थिए । तर डेलिभरी पछि बक्स खोलेर हेर्दा किरा मात्रै देखेपछि उनी अचम्मित बनेको उनले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया