काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानबिन अहिलेसम्म भईरहेको छ ।
सुशान्ले गत वर्षको जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । अहिले उक्त प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।
यसैबीच सुशान्तको केसमा नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) एक्शनमा उत्रिएको छ । एनसीबीले एक अन्य ड्रग कारोवारीलाई हिरासतमा लिएको छ ।
उनको नाम बासित परिहार रहेको छ । उनीसँग एनसीबीले शोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त व्यक्तिले सुशान्तकी प्रेमीकातथा बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक ड्रग्स कारोवारमा सहभागी बनेको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया