काठमाडौं । बुधबार प्रदेश २ मा एक कोरोना संक्रमितको मृत्यु भएको छ भने २ सय ५० जना संक्रमित थपिए । प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यससङ्गै संक्रमितको संख्या १० हजार ५ सय ५६ भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
बुधबार बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर–९ का ९७ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट यस प्रदेशमा अहिलेसम्म १६ महिला र ७९ पुरुष गरि ९५ जनाको मृत्यु भईसकेको उनले बताए । सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया