काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ तारिखमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ ।
अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।
यसैबीच सुशान्तको परिवारका वकिल विकास सिंहले सुशान्तको हत्या भएको जस्तो लाग्न थालेको बताएका छन् ।
उनले स्पष्ट शब्दमा भने, ‘यसलाई एक हत्याको मामिला बताउन सकिन्छ ।’
उनले मुम्बई पुलिसको अनुसन्धानमा समेत प्रश्न उठाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो भन्दाअगाडि सुशान्तका पिता केके सिंहले पनि सुशान्तको आत्महत्या भएाके बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया