८५ वर्षको उमेरमा अजय देवगनसँग डेब्यु

मुम्बई – कमैले ८५ वर्षको उमेरमा फिल्ममा डेब्यु गर्ने बारे सोच्लान् । भारत, लखनऊकी पुष्पा जोशीले पनि यस्तै सोच बनाएकी छिन्, त्यो पनि ८५ वर्षको उमेरमा ।अजय देवगन र इलियाना डिक्रुजको नयाँ आउने फिल्ममा उनले डेब्यु गर्न लागेकी हुन् । फिल्ममा उनी अभिनेता सौरभ शुक्लाकी आमाको भूमिकामा देखिँदैछिन् ।भारतीय मिडियामा आएको समाचारका अनुसार फिल्मको शूटिङका दौरान अजय आफैले पुष्पाको आरामको ख्याल राख्छन् । अजयले पुष्पाको दृश्यलाई महत्त्वका साथ लिएका छन् । साथै शूटिङमा पनि उनलाई कुर्न नपरोस् भन्ने उद्देश्यले काम गरिरहेका छन् ।फिल्मका निर्देशक राजकुमार गुप्ता हुन् । डेब्यु कलाकार पुष्पाले यो उमेरमा पनि आफूले बोल्नुपर्ने डायलग पूरै याद राख्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?