मङ्गोलियामा पाँच वर्षमा दुई हजार ५५ ले आत्महत्या गरे

मङ्गोलिया, २२ फागुन-  मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् ।यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ ।मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको यस सर्वेक्षणको प्रतिवेदनअनुसार यस आत्महत्या गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन् ।बेरोजगारी, घरायसी विवाद, श्रीमान् श्रीमती र प्रेमी प्रेमिकाबीचको सम्बन्ध र आर्थिक अवस्था कमजोर हुनु नै आत्महत्याको कारण रहेको बताइएको छ ।पूर्वी एशियाली यस राष्ट्रमा जनसंख्याको हिसाबबाट ३० लाखभन्दा मात्र बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?