काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्र स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको आत्महत्या प्रकराणबारे अहिलेसम्म छानबिन भईरहेको छ ।अहिले सीबीआईले छानबिन गरिरहेको छ ।
यसैबीच उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीको घरमा एनसीबीले छापा मारेको छ ।
Maharashtra: Officers of Narcotics Control Bureau (NCB) reach the residence of #RheaChakraborty in Mumbai. An officer (in pic 4) says, "It's just a procedural matter. That is what we are following. It is being done at Rhea's and Samuel Miranda's house." https://t.co/2qMW4jyDqK pic.twitter.com/307I6bqZCn
— ANI (@ANI) September 4, 2020
शुक्रवार बिहानै एनसीबीले उनको घरमा छापा मारेको हो ।
रिया चक्रवर्ती र उनको भाई शोविक चक्रवर्तीको ड्रग्स कनेक्सन उजागर भएपछि एनसीबीले मुम्बईमा उनको घरमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । रियाको घरमा अहिले सर्च अप्रेशन शुरु भएको छ ।
रियाका साथै सुशान्तको हाउस म्यानेजर स्यामूअल मिराण्डाको घरमा पनि छापा मारिएको छ ।
एनसीबीले पहिल्यै यस घटनामा जैद, बासित, अब्बास र करणलाई गिरफ्तार गरिसकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया