काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । अहिले सीबीआईले उनको आत्महत्या केस ह्याण्डिल गरिरहेको छ ।
यसैबीच शुक्रवार विहानै एनसीबीले कारवाही स्वरुप सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।
आज बिहानै सुशान्तकी गर्लफ्रेण्ड तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र मिराण्डाको घरमा एनसीबीले छापा मारेको थियो ।
१७ मार्च २०२० मा शोबिक र स्यामूअल मिराण्डाको बीचमा च्याट भएको थाहा पाएपछि एनसीबीले उनलाई गिरफ्तार गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया