सुशान्त आत्महत्या प्रकरण : रिया र शोविकको ‘ड्रग कनेक्सन’को खुलासा, बाहिरियो च्याट !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको आत्महत्या केसबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्याको केस सीबीआईले हेरिरहेको छ ।

सुशांत सिंह राजपूत और रिया चक्रवर्ती

यसैबीच सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीको ह्वाट्सएप च्याट बाहिरिएको छ ।

२०२० को ह्वाट्सएप च्याटमा रियाले कोहि व्यक्तिको बारेमा उनलाई बताएकी छन् ।

रिया चक्रवर्ती

जसमा उनले ४ पटक ड्रग्स भरेर सिगरेट तानेको बताएकी छन् । साथै उनले सिदा आफ्नो भाईसँग ड्रग्सको डिमाण्ड गरेको पनि देखिएको छ ।

शोविक और रिया चक्रवर्ती

भारतीय सञ्चारमाध्यमका अनुसार १५ मार्च २०२० को यो च्याटमा रियाले भाई शोविकसँग यस्तो कुरा गरेकी छन् ।

रिया : हजुर प्लिज

रिया : उ एक दिनमा ४ स्मोक गर्दछ, त्यसैले त्यहि हिसावमा हेर ।

शोविक : र BUD डोज पनि उसलाई चाहिन्छ ?

रिया : हजूर BUD पनि

शोविक : हामी ५ ग्राम BUD डोज लिन सक्छौँ ।

शोविक : यो २० डब्स हुन्छ (२० सिगरेट बन्छ)

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?