काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे छानबिन भईरहेको छ ।अहिले उनको केस सीबीआईले गरिरहेको छ ।
यसैबीचमा विभिन्न नयाँ खुलासाहरु भईरहेका छन् । च्याटदेखि ड्रग्स मामिलासम्म अनुसन्धान पुगिसकेको छ ।
यसैबीच सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती अब पक्राउ पर्ने भएकी छन् ।
उनका भाई शोबिकसँगको अनुसन्धानमा रियाले मागेपछि मात्र आफूले ड्रग्स मगाउने गरेको बताएका छन् ।
शुक्रवार राती अबेरसम्म भएको एक्त शोधपुछ पछि यो रहस्य पत्ता लागेको हो । एनसीबीले अब रियालाई ड्रग्स कनेक्सनको मामिलामा पक्राउ गर्न सक्ने बताइएको छ ।
रियाका भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डालाई पक्राउ गरिसकिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया