काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
उनको आत्महत्या प्रकरणबारे दिनदिनै जसो नयाँ नयाँ खुलासा भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरण सीबीआईले अनुसन्धान गरिरहेको छ ।
उनको अनुसन्धानसँगै विभिन्न प्रश्न उठिरहेका छन् । यसैबीच १४ जूनमा उनको मृत्यु भएपछि उनको कोठा भित्रबाट लक थियो ।
सिद्धार्थ पिठानीले एक चाबीवालाई बोलाएर लक खोल्न लगाएका थिए । तर सुशान्तको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको कोठामा चाबी अहिलेसम्म मिलेको छैन ।
सुशान्तकी बहिनीले उनको कोठाको चाबी हराएकोमा चिन्ता व्यक्त गरेकी थिइन् । सुशान्तको परिवारलाई फ्ल्याटको सामान दिँदा चाबी नभएको बताइएको छ ।
यो गम्भीर विषय बनेको भन्दै अहिले अनुसन्धान थालिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया