काठमाडौं – डा. रामप्रसाद दाहालद्वारा लेखिएका गीतहरुको सङ्गालो सम्बन्ध सार्वजनिक भएको छ।
पाँचवटा गीत रहेको उक्त गीति सङ्ग्रहमा प्रेम , देशप्रेम , प्रकृतिप्रेम , शिक्षाप्रेम, प्रेम र बिछोडको पीडालाई पस्किएको छ।
उक्त एल्बममा अन्जु पन्तले गाएका दुईवटा गीत समावेश गरिएको छ भने जीना रसाइली , निरज रसाइली , अनिता आचार्यले गाएको एक एक वटा समाबेश गरिएको छ। सङ्गीतकार अर्जुन पोख्रेल , निरज र निमले गितमा संगीत भरेका छन् ।
आर पी दाहालको यसअघि नै ‘औषधी २०७०’, ‘दुई किनारा २०७२’ निस्किसकेको छ।
शिक्षा, साहित्य, आर्थिक, धार्मिक र सांस्कृतिक क्षेत्रका विभिन्न पुस्तक प्रकाशित गरेका दाहालको आँखामा जापान नियात्रा २०७६ चर्चित पुस्तक हो। यो पुस्तक एकै बर्षमा ३ संस्करण निस्किएको छ।
नियात्रा कृति आँखामा जापान :
सम्बन्ध एल्बमका गीत पनि उच्चाइमा पुग्न सफल हुन हाम्रो शुभकामना।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया