पुनः शुरु भयो रातो मछिन्द्रनाथको रथ यात्रा

काठमाडौं । ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा आज पुनः शुरु गरिएको छ ।

गत बिहीवार पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपको कारण रोकिएको रथ यात्रा पुनः पुल्चोकबाट यात्रा शुरु गरिएको हो ।

रथ तान्न तथा हेर्नको लागि ठुलो संख्यामा मानिसहरुको भेला भएको छ । संभावित हुनसक्ने खतरालाई मध्यनजर राख्दै ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रवार बिहान ४ बजेबाट राति १० बजेसम्म कर्फू लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?