काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको आत्महत्याको विषयलाई लिएर अहिले सीबीआईले अनुसन्धान भईरहेको छ । अहिले सुशान्त सिंह राजपूतको केसमा दिनदिनै नयाँ नयाँ खुलासा भईरहेका छन् ।
पहिला सुशान्तका भाई शोविकलाई हिरासतमा लिएको छ भने अब रिया चक्रवर्ती हिरासतमा लिने भएको छ । उनले आईतवार एनसीबीसँगको सोधपुछमा रियाले आफ्नो गल्ती स्विकारेकी छन् ।
अहिले सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डा पनि पक्राउ परेकी छन् ।
रियाले १५ मार्चमा भएको च्याट स्विकारेकी छन् । उनले आफू र भाई शोविक मिलेर ड्रग्स पेडलर जैदबाट ड्रग्सको कोर्डिशन गरेको स्विाकारेकी छन् ।
रियाले आफ्नो भाई शोविकको माध्यमबाट सुशान्तका लागि ड्रग्स माग्ने गरेकी थिइन् । उनले १५ मार्चको च्याट स्विाकारेकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया