सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ : बाहिरियो यस्तो रहस्य

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।

अहिले सीबीआईले उनको आत्महत्या प्रकरण अनुसन्धान गरिएको छ । सुशान्त आत्महत्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ ।

सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छन् । साथै अन्य खुलासा पनि भईरहेका छन् ।

ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रियाबा भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन् ।

यसैबीच सुशान्तको मृत्यु भन्दा एक दिन पहिला सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका थिए ।

यो कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?