अभिनेत्री कंगनाको सुरक्षाका लागि भारत सरकारले खटायो ११ जवान

काठमाडौं । सुशान्त सिंह राजपूत केसमा निस्पक्ष न्यायको माग गर्दै आएकी साथै ड्रग्स कनेक्शनमा पुलिसको हात रहेको बताउँदै आएकी बलिउड अभिनेत्री कंगना रनौतलाई सुरक्षाको लागि ११ जवान खटाईएको छ ।

शिवसेनाका नेता र कंगनाबीचको भनाभन पछि उनको सुरक्षाका लागि भन्दै भारत सरकारले वाई क्याटेगरीका सुरक्षाकर्मी खटाएको हो ।

शिवसेनाका नेता सञ्जय राउत र कंगनाबीचमा पछिल्ले समय भनाभन भईरहेको छ । जसका कारण विभिन्न विवाद उत्पन्न भईरहेका छन् ।

उनी शिवसेनाका नेतालाई चेतावनी दिँदै मुम्बई आउँदै छिन् । साथै मुम्बई आए लगत्तै उनलाई सुरक्षा दिन ११ जवान खटाईएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?