सडक स्तरोन्नती थालियो

म्याग्दी, २३ फागुन – सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ ।ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए ।सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम गरिने उनले बताए । रु २० लाख विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ ।यस्तै, रु पाँच लाखमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । उक्त सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ ।यसैगरी, रु पाँच लाख विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडकअन्तर्गत ४०० मिटर ट्र्याक खोल्ने र स्तरोन्नती गर्न रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष थापाले बताए । बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई रु डेढ/डेढ लाख विनियोजन गरिएको छ ।सिँचाइ योजनाको बजेट कटौतीबजेट कटौती भएपछि मंगला गाउँपालिका–२ सिमलचौरमा सञ्चालित नेवारेखोला सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ विकास सव डिभिजन कार्यालय बेनीले गत आवमा शुरु गरेको सो आयोजनामा चालु आवमा पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र परेको हो ।चालु आवभित्र सकिनुपर्ने सो आयोजनाको बाँकी नहर निर्माण अझै शुरु हुन नसकेको स्थानीय कृषक खगराज पौडेलले बताए । कस्केरी र सिमलचौरको २५ हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन आठ सय मिटर पक्की नहर निर्माण गर्ने लक्ष्यसहित उक्त आयोजना शुरु भएको थियो ।सिमलचौरतर्फ थप ३७३ मिटर पक्की नहर निर्माण गर्न बाँकी छ । आयोजना निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग रु ३४ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यसवर्ष रु २६ लाख बजेट आवश्यक पर्नेमा रु तीन लाख मात्र विनियोजन भएको छ । कन्स्ट्रक्सनका सञ्चालक प्रदीप सापकोटाले बजेट अभावमा कामअघि बढाउन नसकेको बताए । उपभोक्ता समितिमार्फत गर्ने कामका लागि रु ११ लाख लागत अनुमान गरिए पनि सो बजेट प्राप्त नभएको उनको भनाइ छ ।सव डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर दिनेशप्रसाद आचार्यले काम नभएको आयोजनाको बजेट रकमान्तर गरेर क्रमागत आयोजना सम्पन्न गराउन पहल गरिएको बताए ।रघुगंगाको कार्यालय स्थापनारघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालन गरेको छ । केन्द्र विवादका कारण स्थापनाकालदेखि सदरमुकाम बेनीबाट सञ्चालन हुँदै आएको थियो । मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको सो गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । गाउँपालिकाको प्रशासनिकलगायत सबै गतिविधि मौवाफाँटबाट सञ्चालन हुने अध्यक्ष भण्डारीले बताए ।गाउँपालिका घोषणा हुँदा अस्थायी केन्द्र पाखापानी तोकिएपछि पिप्ले, भगवती र बेगखोलका बासिन्दाले आन्दोलन गरेका थिए । गाउँपालिकाका दुई तिहाई जनप्रतिनिधिको मतका आधारमा पाखापानीबाट मौवाफाँटमा केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?