काठमाडौं । बलिउड अभिनेता स्व. सुशान्त सिंह राजपूतको निधनमाथि अहिलेसम्म पनि विभिन्न प्रश्न उठिरहेका छन् ।
कतिपयले उनको आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप समेत लगाईरहेका छन् ।
यसैबीच उनको एक दिनमै पौसटमार्टम गरिसकिएको र किन यति छिटै पोस्टमार्टम सकियो भन्ने बारेमा अहिले प्रश्न उठिरहेको छ ।
उनको बडी पोस्टमार्टमका लागि कूपर अस्पतालमा पठाइएको थियो । तर केहि समयमै उनको पोस्टमार्टम रिपोर्ट आएको थियो ।
यसैबीच अहिले उनको केसमा सीबीआईले अनुसन्धान गरिरहेको छ । उनलाई विष दिएर हत्या गरिएको हुनसक्ने भन्दै अहिले उनको भिसेरा रिपोर्ट फेरि गर्न लागिएको हो ।
पोस्ट मार्टम पछि उनको भिसेरा सुरक्षित राखिएको थियो । एकपटक जाँच गरिसकिएको भिसेरा फेरि जाँच गर्न लागिएको हो ।
मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि छैन भने गरिने ‘भिसेरा रिपोर्ट’ गर्ने गरिन्छ । शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरेर ‘भिसेरा टेस्ट’ गर्ने गरिन्छ ।
सुशान्तले आत्महत्या गरेको १७ दिनपछि पहिलो भिसेरा रिर्पोटमा उनको शरीरमा कुनै पनि नशालु पदार्थ नभएको बताइएको थियो । अभिनेता सिंहले गत १४ जूनको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया