प्रभु बैंकले ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ फागुन । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा प्रभु बैंकले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । प्रभुले ४० प्रतिशत हकप्रद जारी गरेका थिए ।प्रभु बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यसअघि फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद तोकिएको भएपनि १० दिन म्याद थप फागुन २३ पुर्याएको थियो ।बैंकको सेयरमा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?