प्रभु बैंकको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ फागुन । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा प्रभु बैंकले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । प्रभुले ४० प्रतिशत हकप्रद जारी गरेका थिए । प्रभु बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यसअघि फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद तोकिएको भएपनि १० दिन म्याद थप फागुन २३ पुर्याएको थियो । बैंकको सेयरमा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?