जेफ बेजोस अर्बपतिको पहिलो स्थानमा, डोनाल्ड ट्रम्प एकैपटक २ सय स्थान तल

वासिंगटन, २३ फागुन । फोब्र्स पत्रिकाले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेका अर्बपतिको सो सूचीको पहिलो स्थानमा एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् ।यो सूचीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने एकैपटक दुई स्थानभन्दा तल झरेर ७ सय ६६ औं स्थानमा पुगेका छन् । उनीसँगै ७ सय ६६ औं स्थानमा अन्य २० जना अर्बपति रहेका छन् ।उनको गत वर्षको ३.५ बिलयन सम्पत्ति यसपटक घटेर ३.१ बिलियन अमेरिकी डलर बराबर पुगेको फोब्र्सको दाबी छ । यसवर्ष एमाजोनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोसको सम्पत्ति उल्लेख्य रुपमा बढेर ११२ बिलियन डलर पुगेको छ ।उनको सम्पत्ति गत वर्ष सन् २०१७ को भन्दा ३९ बिलियनले वृद्धि भएको हो । यो कुनै पनि अर्बपतिको सम्पत्तिमा एर्क वर्षमा भएको ठूलो वृद्धि हो ।उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अर्बपतिको सूचीमा पछि पारेका हुन् । गेट्स दोस्रो नम्बरमा रहेका छन् । उनको सम्पत्ति गत वर्षको भन्दा ४ बिलियनले वृद्धि भई ९० बिलियन डलर पुगेको छ । उनको गत वर्ष ८६ बिलियन डलर सम्पत्ति थियो ।तेस्रो नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति ८६ बिलियन डलर रहेको छ । सबै अर्बपतिहरुको सम्पत्ति ९.१ ट्रिलियन डलर रहेको फोब्र्सले जनाएको छ ।फोब्र्सले यो वर्ष सार्वजनिक गरेका अर्बपतिको सूचीमा २ हजार २ सय ८ जना अर्बपति रहेका छन् । गत वर्ष यो सूचीमा २ हजार ४३ जना अर्बपति रहेका थिए । अर्बपतिको सूचीमा यसवर्ष २ सय ५९ जना नयाँ थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?