बलिउडलाई अर्को झट्का : रहेनन् अभिनेता जय प्रकाश रेड्डी

काठमाडौं । तेलेगू फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे ।

उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?