खाना खाँदा झिंगा आएर हैरान भएका व्यक्तिले लगाए घरमा आगो !

काठमाडौं । एक सानो झिंगाले तपाईलाई के असर गर्ला ? कोहि केहि ठूलो असर गर्न सक्छ भन्ने कुरा सोच्न पनि सक्दैनन् । तर फ्रान्समा एक अनौठो घटना भएको छ ।

फ्रान्समा एक ८० वर्षका वृद्धले खाना खाने बेलामा झिंगा आएर हैरान भएपछि मार्नको लागि इलेक्ट्रिक र्याकेट घुमाएका थिए । तर ग्यास लीक हुन पुग्यो र बिजुली उपकरणसँग ग्यास लीक भएपछि अचानक ब्लास्ट भयो ।

जसका कारण घर जलेर सारा नष्ट भएको छ । घरका मानिसहरु बल्ल बचेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले बताएका छन् । वृद्धको हात पनि थोरै जलेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?