अभिनेत्री कंगनाविरुद्ध राजद्रोहको केस दर्ता गर्न माग

काठमाडौं । शिवसेनाका आईटीसेलले बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध राजद्रोहको केस दर्ता गर्न माग गरेका छन् । आईटी सेलको यो मागले सबै चकित बनेको छन् ।

कंगनाले मुम्बईको तुलना पाकिस्ताको कब्जा भएको क्षेत्र कश्मीरसँग गरेको भन्दै राजद्रोहको केस दर्ता गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कंगना ९ सेप्टेम्बरमा वाई श्रेणीको सिक्योरेटी लिएर मुम्बई जाँदैछिन् । उनी आएपछि उनलाई ७ वा १४ दिनका लागि क्वारेन्टाइन गर्न सकिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?