काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको केस अहिले सीबीआईले हेरिरहेको छ ।
दिनदिनै सुशान्तको आत्महत्या प्रकरणका नयाँ रहस्य खुलिरहेका छन् ।
यसैबीच मुख्या आरोपी मानिएकी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले ड्रग्स लिने गरेको स्विकारेकी छन् ।
एनसीबीले रियासँग गरेको सोधपुछका क्रममा उनले ड्रग्स लिने गरेको कुरा स्विकार गरेकी हुन् ।
रियासँग गरेको शोधपुछको तेश्रो दिनमा उनले यो कुरा स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । ड्रग्स केसमा अब एनसीबीले २५ जना सेलिब्रेटीसँग सोधपुछ गर्ने भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया