काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या प्रकरणले बलिउडमा भूकम्प नै ल्याइदिएको छ ।
एनसीबी र सीबाआईको अनुसन्धान पछि उक्त प्रकरणमा एक पछि अर्को नयाँ रहस्य खुलिरहेका छन् ।
यसैबीच सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई एनसीबीले पक्राउ गरेको छ । उनलाई ड्रग्स स्टडीमा पक्राउ गरिएको हो ।
यो भन्दा पहिला नै उनका भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डालाई एनसीबीले पक्राउ गरिसकेको छ ।
रियाले तेश्रो दिनको एनसीबीको सोधपुछमा २५ जना बलिउड कलाकारको नाम लिएकी छन् । अब २५ जना बलिउड कलाकारमाथि ड्रग्सको बारेमा सोधपुछ गरिने भएको छ ।
रिया ड्रग्स कनेक्सनमा गिरफ्तार गरिएको हो । उनलाई अब मेडिकल जाँच गराइनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया