लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ, २३ फागुन – महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार ४०९ थान लागूऔषध मंगलबार दिउँसो बरामद गरेको हो ।परिसरले आज पत्रकार सम्मेलन गरी कामपा–२१ जैसीदेवलमा एम्बुस राखी जाँच गर्ने क्रममा सुनिल घिमिरेको साथबाट डाइजेल्याव २०३ थान, फेनार्गन २०३ थान र नुर्फिन २०३ थान बरामद गरेको जानकारी दिएको छ ।घिमिरेमाथिको अनुसन्धानको सिलसिलामा विगू रायभर र महम्मद रियाजुद्दीन समेत पक्राउ परेका छन् । घिमिरे र रायभर नेपाली तथा रियाजुद्दीन भारतीय रहेको प्रहरीले जानकारी दिएको छ ।परिसरका प्रमुख विश्वराज पोखरेलले भारतको नाकाबाट भारतीयको संलग्नतामा लागूऔषध बस र सुमोबाट काठमाडौँमा भित्रिने गरेको जानकारी दिनुभयो । “यो घटनाले काठमाडौँमा धेरै युवायुवती लागुऔषधको लतमा फँसेको देखिन्छ”–उहाँले भन्नुभयो ।रायभर र रियाजुद्दीनले भारतबाट निश्चित रकम लिएर लागुऔषध नेपालमा ल्याउने र घिमिरेले नेपालमा बसेर बेच्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । बरामद गरिएको लागुऔषधको मूल्य रु १९ लाखदेखि २३ लाख पर्ने परिसरले जनाएको छ ।यसैबीच, आजै महानगरीय प्रहरी प्रभाग नागढुंगाले समेत लागूऔषध बरामद गरेको छ ।प्रभागका प्रमुख केशव भट्टका अनुसार रौतहटबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ४४६३ नं को यात्रुबाहक बसको जाँच गरी लागुऔषधसहित भारतका अनुरुपकुमार महतोलाई पक्राउ गरिएको छ ।महतोबाट प्रहरीले नुर्फिन ४९२ एम्पुल, फेनार्गन ५०० एम्पुल र डाइजेल्याव ५०० एम्पुल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?