काठमाडौं । ज्योतिष शास्त्रमा छायाँ ग्रहको रुपमा मानिने ग्रह राहु र केतुले २०७७ भाद्र २५ गते स्थानिय समय अनुसार बिहान ६ बजेर ३८ मिनेटमा राशि परिवर्तन गर्दैछ ।
१८ महिनाको लागि राहु वृष र केतु बृश्चिक राशिमा प्रवेश गर्दैछ । राहुलाई शिर र केतुलाई पुच्छर मानिने हुनाले एकै समयमा यि दुई ग्रहको एक साथ गोचर परिवर्तन हुन्छ ।
ज्योतिष शास्त्रमा छाया ग्रहको रुपमा परिचित राहु र केतुलाई पूर्वजन्मको कर्मवन्धन,सञ्चित कर्म तथा अनाचन घट्नाको रुपमा मानिन्छ । राहु र केतु जुन ग्रहसँग यूक्ति गर्दछ त्यस्तै फल प्रदान गर्दछ । सामान्यतया राहु र केतुलाई नराम्रो फल दिने ग्रहको रुपमा चित्रण गरिन्छ तर यो गलत हो । राहु र केतुको प्रभाव शुभ हुने व्याक्ति आटी,बहादुर र निडर हुन्छ । राजनीति,फिल्मी जगत,शेयर बजार,यात्रा तथा गैर कानूनी काममा पनि ईन्भल्भ गर्दछ ।
एक ईमान्दार राजनेता,वकील तथा इमान्दार पेशाकर्मीलाई बेईमान बनाउन राहु केतुलाई धेरै समय लाग्दैन । मानिसको वुद्धि र विवेकलाई नेगेटिभ तरिकाले राहु र केतुले गाईड गर्दछ । कुनै पनि व्यक्तिलाई ईन्टेलिजेन्ट बनाउन राहु र केतुको भूमिका महत्वपूर्ण हुन्छ ।
राहुको आफ्नो पिण्डिय स्वरुप नभएको र छाया ग्रह भएकोले शनिजस्तो फल प्रदान गर्दछ र केतुको पनि छाया ग्रह भएको र पिण्डिय स्वरुप नभएकोले मंगल जस्तो फल प्रदान गर्दछ । चिना वा कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा छ भने राहुले पनि राम्रो फल प्रदान गर्दछ ।
यदि शनि ग्रह कमजोर छ भने राहुको माहादशा वा अन्तरदशा मानिसको लागि कष्टकर हुन्छ । त्यस्तै केतु पनि मंगल बलवान भए शुभ फल दिन्छ भने कमजोर छ भने अशुभ फल प्रदान गर्दछ । आगामी १८ महिनासम्म बाह्र राशिलाई निम्न अनुसार प्रभाव पार्दछ ।
मेष–मेष राशिहुनेहरुका लागि धन भावमा राहु र कष्ट भावमा केतु आगामी १८ महिना गोचर गर्नेछ । धनभाव,बाणीभाव र कटुम्ब भावमा गोचर गर्ने राहुले कुनै पनि दीर्घकालिन योजना बनाउदा अध्ययन तथा अनुशन्धान गरेर मात्र बनाउनु होला । शेयर बजार तथा खनिज पदार्थ,दैनिक उपभोग्य सामानको व्यापारमा वृद्धि भएपनि अन्य व्यवसायमा मन्दि आउनेछ । धनसम्पती फस्ने वा कसैलाई सापटी स्वरुप दिनभयो भने फर्किएर आउने न्यून सम्भावन रहन्छ । कुटुम्ब तथा आफन्तसँगको सम्बन्धमा पनि दरार ल्याउनेछ । भौतिक सम्पती,सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । अध्ययनमा अध्यापनमा बाधा तथा अवरोधको हुनेछ ।
वृष – वृष राशि हुनेहरुका लागि राहु केतुको गोचर शुभ रहनेछ । राशि भावमा गोचर गर्ने राहुले अचानक धन तथा सम्पतीमा बृद्धि हुनेछ भने पुराना लगानिबाट मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । राजनीति,कुटनीति तथा विदेशी लगानीबाट सञ्चालीत सस्थामा पद प्राप्तीको योग रहेको छ । काम वा अध्ययनकै लागि देश विदेशको यात्रा हुनेछ । गीतसंगीत तथा फिल्मी जगतमा राम्रा काम गर्न सकिनेछ । तर पनि पति पत्नी बीचको सम्बन्धमा समस्या पैदा गर्नेछ । साझेदारी व्यावसायमा साझेदारहरु वीच मनमुटाब सिर्जना हुनेछ ।
मिथुन – मिथुन राशि हुनेहरुका लागि आगामी १८ महिना राहु केतुको गोचर शुभ रहनेछ । विदेश तथा खर्च भावमा गोचर गर्ने राहुले अध्ययन वा कामको शिलशिलामा विदेश यात्रा हुनेछ भने राजनीति कुटनीति तथा परराष्ट्रमा काम गर्नेहरुले नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावन रहेकोछ । विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने तथा विदेशी सामानको व्यापारमा बृद्धि हुनेछ । न्ययिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला खर्च बढ्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ ।
कर्कट–कर्कट राशि हुनेहरुका लागि आगामी १८ महिनासम्म राहु लाभ भावमा र केतु बिद्या भावमा गोचर गर्नेछ । लाभ भावमा गोचर गर्ने राहुको सकारात्मक प्रवावले प्राकृतिक स्रोत साधन तथा राज्यको धन तथा सम्पती प्रयोग गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । निर्माण सामाग्री,खनिज पदार्थ तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा बृद्धि हुनेछ । अध्ययन,कुटनीति तथा कामको शिलशिलामा विदेश यात्रा हुने सम्भावन रहेको छ । तरपनि सन्तान भावमा गोचर गर्ने केतुले सन्तानसँग केही विषयमा मत बाझिने तथा सन्तान प्राप्तीको सवालमा केहि विलम्ब हुनेछ ।
सिंह –कर्म तथा राज्य भवमा गोचर गर्ने राहु र सुख भावमा गोचर गर्ने केतुले नोकरिमा तथा जागीरमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार विस्तार तथा अध्ययनकै लागि लामो दुरिको यात्रा हुनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुले राजदुत तथा विदेशी लगानीबाट सञ्चालीत सस्थामा नियुक्ति पानेछन् । तरपनि शुख भावमा गोचर गर्ने केतुले बुवा आमाको स्वास्थ्यमा समस्या आउनेछ । घरजग्गामा किचलो आउने तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कन्या –कन्या राशिहुने व्याक्तिहरुका लागि पराक्रम भावमा केतु र भाग्य भावमा राहुको गोचर हुनेछ । पराक्रम भावमा गोचर गर्ने राहुले उत्पादनमुखी उद्योगमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने साना लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । टेक्निकल क्षेत्रको कामबाट आम्दानी हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाई नाम कमाउने सकिनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले राजदूत जस्ता पद प्राप्तीको योग रहेकोछ ।
तुला –तुला राशी हुनेहरुका लागि आगमी १८ महिना कष्ट भावमा राहु र धन भावामा केतु गोचर गर्नेछ । ऋण रोग तथा संकटको सामाना गर्नु पर्नेछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा समय प्रतिकुल बन्नेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या पुनह बल्झने छ । व्यापारमा मन्दि आउनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ । अचानक धन तथा सम्पती प्राप्त भएपनि कुटुम्ब तथा आफन्तसँको सम्बन्ध भने बिग्रन सक्छ ध्यान दिनुहोला ।
वृश्चिक – वृश्चिक राशि हुनेहरुका लागि व्यापार भावमा राहु र राशिमा केतु १८ महिनासम्म गोचर गर्नेछ । व्यापार भावमा गोचर गर्ने राहुले व्यापार व्यवसायमा अनानक बृद्धी हुने तथा दैनिक उपभोग्य,औषधिजन्य व्यापारबाट मनग्गे धन सम्पत्ती कमाउन सकिनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । तरपनि केतुको प्रभावले मनोबल कमजोर हुने,पारिवारिक सम्बन्धमा दरार आउने तथा आफ्नो सस्कार भुल्दा दुख पाईनेछ ।
धनु –धनु राशि हुनेहरुका लागि विदेश भावमा केतु र प्रतिस्पर्धा भावमा राहु गोचर गर्नेछ । अध्ययन तथा नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । हार्डवयेर तथा निर्माण सामाग्रीको व्यापारमा अचानक वृद्धि भई धन सम्पती जोड्न सकिनेछ । लामो समय देखि रोकिएर बसेका न्यायिक निर्णयहरु तपाईँकै पक्षम फैसला हुनेछन् । व्यापार बिस्तार,अध्ययन र राजनीतिक कामको लागि यात्रा हुनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ ।
मकर – मकर राशि हुनेहरुका लागि बिद्या तथा सन्तान भावमा राहु र लाभ भावमा केतु आगामी १८ महिनासम्म गोचर गर्नेछ । प्राकृतिक स्रोत साधन,सुन चादी तथा खनिज पदार्थ सम्बन्धी सामानको व्यापार गर्नेहरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । राज्यको नजिक रही काम गर्ने वा राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको योग रहेकोछ । तरपनि सन्तान तथा आफन्तसँग सैद्धान्तिक मदभेद रहनेछ ।
कुम्भ –कुम्भ राशि हुनेहरुका लागि शुख भावमा राहु कर्मभावमा केतु आगामाी १८ महिना गोचर गर्नेछ । राज्यभावमा गोचर गर्ने केतुको कारणले छोटो समयको लागि राज्यबाट पद प्राप्तीको योग रहेकोछ भने राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागि राज्यबाट धन तथा सम्पती प्राप्त हुनेछ । राजनीति कर्मी,राजदुत तथा बिदेशी लगानीबाट सञ्जालित सस्थामा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि सुख भावमा गोचर गर्ने राहुले आमा वा बुवाको स्वास्थ्यमा समस्या आउनेछ । घरजज्गा सम्बन्धी मुद्दामामिलामा सामेल हुनुपर्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन –मीन राशि हुनेहरुका लागि पराक्रम भावमा राहु र धर्म भावमा केतुको गोचर आगामी १८ पहिना रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । उत्पादनमुखि,निर्माण सामाग्री र औषधिजन्य उद्योगमा लगानी गरि धन तथा सम्पती जोड्न सकिनेछ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया