काठमाडौं, २४ फागुन । भारतीय अन्डरवर्ल्डका डन फारुक टकला दुबईमा पक्राउ परेका छन् । फारुक टकला दाउद इब्राहिका निकट सहयोगी समेत रहेका छन् । र उनलाई बिहीबार एयर इण्डियाको फ्याइटबाट मुम्बई ल्याइएको छ ।भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख भएअनुसार टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको बताइएको छ । टकलाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर सूचना जारी भएको थियो ।मुम्बईमा सन् १९९३ को मार्च महिनामा भएको श्रृंखलावद्ध १२ बम विष्फोटको घटनामा फारुक टकलाको संलग्न रहेको खुलेको थियो । उक्त घटनापछि फरार रहेका उनी २५ वर्षपछि पक्राउ परेका हुन् ।सो विष्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।यही घटनाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई भने सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया