कास्की । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पीसीआर परीक्षण गरिएकोमा ५२ हजार १४२ जनामा संक्रमण देखिएन ।
हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएका र सक्रिय संक्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया