काठमाडौँ, २४ फागुन- एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ । अर्थ तथा ब्यवसायीक क्षेत्रमा निकै चर्चामा रहेको यो अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाहको सम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।काठमाडौको होटल सोल्टीमा फाल्गुण ३० गते एक भब्य कार्यक्रमका बिच अवार्ड प्रदान गर्न लागिएको हो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको भने जूरी कमिटीले छनौठ गरिरहेको र पपुलर सिइओ अफ दि इयरका लागी भने पब्लीक भोटिङ्ग मार्फत फाईनल गर्ने आयोजकले जनाएको छ । नेपाल कै ठुला घराना, उद्योगी, ब्यवसायी देखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सम्म यस बिधामा नोमिनेशनमा परेका हुन् । यस बिधामा १६ जना नोमीनी बिच प्रतिस्पर्धा रहनेछ । पपुलर सिइओ अफ दि इयरको अवार्डका लागी अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम नाम दिइएको कार्यक्रम नेपाल लगायत १७ देशका करिब ३०० अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागी रहने छ ।आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा (यहाँ) गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत CEO स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१मा एस.एम.एस. गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया