काठमाडौं । शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिकहरुको बीचमा चर्चा शुरु भएको छ।

त्यहाँको वायुमण्डलमा एक प्रकारको ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्ने प्रयास गरिरहेका छन् ।

त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रोजनका तीन वटा परमाणु मिलेर बन्छ।

पृथ्वीमा पेन्ग्विनको पेटमा वा कम अक्सिजन हुने धापमा बस्ने सूक्ष्मजीवले फस्फीन बनाउँछन्। यो ग्यास कारखानामा उत्पादन गर्न सकिन्छ।

त्यसो भए कसरी भेटियो त ? भन्नृ बारेमा कार्डिफ यूनिभर्सिटीका प्राध्यापक जेन ग्रीभ्स र उनका सहयोगीहरू अध्ययन गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया