काठमाडौं । भारतको राजधानी दिल्लीमा एक अनौठो घटना भएको छ ।
जो सुनेर सबै हेरा नबनेका छन् । धेरै खर्च गरेको भन्दै श्रीमतीलाई श्रीमानले टोकेपटि श्रीमतीले वाईपरले पिटेर उनको रामधुलाई गरेकी छन् ।
पीडित पतिले भागेर बल्लबल्ल आफ्नो ज्यान बचाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । दिल्लीको मयूर बिहार क्षेत्रमा बस्ने एक व्यक्तिले घरमा श्रीमतीलाई धरै खर्च गरेको भन्दै टोकेका थिए ।
साथै कम खर्च गर्न भन्दै थर्काएका थिए । त्यसपछि श्रीमती रिसाइन् र उनले श्रीमानलाई लखेट्दै पिट्न थालिन् । श्रीमतीले पिटेकोले श्रीमान गम्भीर घाईते भए ।
यसको खबर गाउँलेले पुलिसलाई दिएपछि पुलिस आएर उनलाई अस्पताल लग्यो । अहिले उनको उपचार भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया