मकवानपुरको भिमफेदीमा एनआईसी एशिया बैंकको शाखा

काठमाडौं, २६ फागुन । एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी गाउँपालिकामा १८१ शाखा सञ्चालनमा ल्याएको छ । भिमफेदी शाखाको उद्घाटन भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गरेका थिए ।हरेक सम्भावित बजार क्षेत्रमा थप शाखा सञ्चालन गर्ने लक्ष्यका साथ योजना अगाडि सारेको एनआईसी एशियाको भिमफेदी शाखासँगै बैंकको शाखा सञ्जाल १८१ शाखा पुगेको छ । बैंकले १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी पाँच हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एनआईसी एशिया बैंक स्थापित भइसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।बैंकले हालै १२ प्रतिशत ब्याज भुक्तानी गर्ने गरि एक वर्ष अवधिको ‘धनवर्षा मुद्धती खाता’ र १० प्रतिशतका दरले ब्याज भुक्तानी गर्ने गरि ‘समुन्नति प्लस बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?