काठमाडौं । कोभिड–१९ को असर मानव स्वास्थ्यमा मात्रै नभएर अर्थतन्त्रका हरेक पाटोमा देखिएको छ । कोभिड १९ रोकथामका लागि विश्व लकडाउनमा हुँदा अर्थतन्त्रका गतिविधिहरु पनि विश्वभर खुम्चिएको छ । आर्थिक सूचकहरु पनि खस्किएका छन् । घरजग्गा व्यवसाय पनि यस्तो क्षेत्र हो जसले अर्थतन्त्रमा विशेष महत्व राख्दछ ।
विभिन्न उद्योगहरु चलायमान हुनुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाखौंको संख्यामा रोजगारी सिर्जना गरिदिएको हुन्छ । त्यसैले कोभिडको असर नेपालको घरजग्गा क्षेत्रमा कस्तो असर प¥यो । केही वर्षदेखि रोकिएको जग्गा कित्ताकाटलाई सरकारले खुलाईदियो । जुन विषय विवादित पनि बत्यो । यिनै विषयमा केन्द्रीत रहेर नेपाल घरजग्गा व्यवसायी महासंघका उपाध्यक्ष दीपक कुँवरसँग गरिएको कुराकानीको अंशः
कोरोनाको कहरले घरजग्गा क्षेत्रलाई कस्तो असर पारेको छ ?
कोरोनाले घरजग्गाको क्षेत्रलाई मात्र नभएर सबै क्षेत्रलाई असर पारेको छ । घरजग्गा क्षेत्र पनि चेन इफेक्टको रुपमा छ । उपभोक्ताहरु वित्तीय रुपमा बलियो भए भने मात्रै हाउजिङ व्यवसाय राम्रो हुने हो । घरजग्गाको अन्तिम प्रयोगकर्ता ग्राहक नै हुन् । ग्राहकको स्थिति सबैको अन्योल, अस्थिर छ भने वित्तीय रुपमा पनि ठप्प भएको छ । जसले घरजग्गा व्यवासयलाई पनि अप्ठेरो अपस्थामा पु-याएको छ ।
जग्गाको कित्ताकाट गर्ने सम्बन्धमा सरकारले पटक पटक गर्दै आएको निर्णयले घरजग्गा व्यवसायी व्यवसायलाई कत्तिको असर गरेको छ ?
राज्यको नियम कानुन नमानिकन काम गर्न सकिन्न । जग्गा विकास गरेर विक्री गर्न केही मापदण्ड छ । राज्यले पनि घरजगा व्यवसाय गर्न कम्पनी दर्तागरी काम गर्न भनेको छ । त्यसमा पनि रोडको, सेटब्याकको, खुला ठाउँको पनि मापदण्ड छ । सरकारको चाहना भनेको विकास रोक्ने होइन विकास योजनाबद्ध होस, व्यवस्थित रुपमा होस भन्ने हो । सरकारले व्यवसायीहरुलाई सहजिकरण गर्ने काम मात्रै गर्छ । सरकारलाई हाउजिङ संघबाट पनि हामी गएर भेटेका छौं । घरजग्गा व्यवसायीलाई प्रधानमन्त्री, अर्थमन्त्री सबैले पटकपटक कम्पनीको रुपमा आउनुस, ट्याक्सको दायरामा आउनुस भन्दै आउनुभएको छ । तत्कालिन भूमिसुधार मन्त्रीले कित्ताकाट गर्नै कार्य सबै रोकिदिनुभयो । तर पछि मात्रै थाहा भयो घरजग्गा व्यवसायीको रुपमा नभईकन अनाधिकृत रुपमा मनपरी कित्ताकाट गरी काम गर्नेहरुको रोकिएको रहेछ ।
जो राज्यको नियम कानूनको परिधि भित्र रहेर राज्यका तहहरुको कानूनको पालना गरेर गर्नेहरुको रोकिएको थिएन् । तर यसरी रोकिदा कम आम्दानी भएको व्यक्ति, गरिब व्यक्ति सबै प्रभावित बने । सबैभन्दा धेरै उनीहरुलाई असर प-यो । कित्ताकाट रोकिएपनि विभिन्न उपाय अपनाएर कित्ताकाट त भइरहेको थियो । झन सामान्य समयमा भन्दा रोकिएको समयमा बढी कित्ताकाट भएको थियो । तर अहिलेको भूमिसुधार मन्त्रीले अन्याय भयो सर्वसाधारण अन्यायमा परे भनेर खोलिदिनुभयो ।
विभिन्न संघसंस्थाहरुले र पत्रपत्रिका एवं सञ्चार माध्यममा कृषि योग्य जमिन सकिने भयो भनेर आइरहेको छ । कुनैपनि मान्छेले कृषियोग्य जमिनमा घर बाउँदैन् । जहाँ बस्ति छ र जहाँ सहरीकरण हुन्छ त्यहाँ घर बनाउँछ । विकशित मुलुका पनि न्युयोर्क, टोकियो जस्तो सिटिमा पनि सहरीकरण बढिराखेको छ । नेपालमा पनि काठमाडौं उपत्यका लगायत जहाँ सिटि छ त्यो पुरै घडेरिको लागि हो । म राज्यसँग के पनि अनुरोध गर्छु भने अवका दिनहरुमा भविश्यको योजनालाई समेत सोचेर पूर्वाधार निर्माण गर्नुपर्छ । अब हचुवाको भरमा कित्ताकाट खोल्ने रोक्ने गरेर पनि हुँदैन् । सहरको बिचमा पाँच रोपनी जग्गा छ तर विक्री गर्न पाएन भने त्यसको उत्पादकत्व कम हुन्छ । त्यसले राज्यलाई, व्यवसायी, व्यक्ति सबैलाई असर गर्छ । त्यसैले राज्यले कहाँ घरजग्गाको लागि राम्रो हुन्छ, कहाँ उद्योगको लागि हुन्छ र कहाँ कृषिको लागि राम्रो हुन्छ सरकारले निर्धारण गरिदिनुपर्छ ।
त्यसो भए भ्रम किन बाहिर आउँछ ? कसैले संगठित रुपमा भ्रम छरिरहेको हो ?
म के भन्छु भने अलिकति बुझाईको कमि छ । कसैलाई पनि आरोप लगाउन चाहन्न तर जे समाचार आउँछ बोल्दीनेले पनि र लेख्निेले पनि बुझेर मात्रै यथार्थपरक रुपमा लेखिदिनुस । मन्त्रीमाथि अर्बौ रुपैयाँ लियो भन्ने आरोप प्रत्यारोप भइरहेको छ । कसैलेपनि अर्बौं रुपैयाँ किन दिन्छ । किनभने कम्पनीले गर्ने कित्ताकाट रोकिएको छैन सर्वसाधारणको जग्गा मात्रै कित्ताकाट रोकिएको छ । कतिपय सम्मानीत नेताहरु, भूतपूर्व मन्त्रीहरु नै वास्तविक कुरा नबुझिकन बोलेको देखेको छु त्यो ठिक भएन् । थाहा नभएको कुरा बोल्दाखेरी ध्यान दिनुपर्छ । त्यसकारण राज्यले गरेको निर्णय यो फुकाएको नभई जनतालाई अन्याय प-यो भनेर सहजिकरण गरिदिएको हो । आखिर भू–उपयोग नीति पनि आउँदै छ भनेर सुनिएको छ । हामीले पनि जनतालाई अन्योलमा राख्न भएन भनेर भनिराखेका छौं । भर्खरै जानुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि व्यवसायीलाई कम्पनी खोलेर व्यवसाय गर्न दिनुपर्छ भन्नुभयो । भनेपछि व्यवसायीक रुपमा काम गर्न राज्यले सहयोग नै गरेको छ । तर केही तत्वले केही व्यक्तिले राम्रो चिजलाई धमिल्याईदिने, खेति गर्ने गरिरहेको जस्तो लाग्छ ।
सरकारले अब निषेधाज्ञा पनि पूर्ण रुपमा खोलेको अवस्था छ । अब तपाईहरु कसरी व्यवसाय गर्नुहुन्छ ? किनभने कोभिडको कारण रेमिट्यान्स र बसाईसराई पनि रोकिएको छ । सबै क्षेत्र रोकिदा घरजग्गा व्यवसाय कसरी अगाडि बढ्ला ?
घरजग्गा व्यवसाय बनजंगलमा गरिदैन जहाँ सहरीकरण छ त्यहाँ गरिन्छ । गास, बास, कपास आधारभुत आवस्यकतामा पर्छ । आधारभुत आवस्यकतामा खाना जस्तै बास पनि दोस्रो आवस्यकता हो । तेस्रोमा मात्रै कपास आउँछ । यो पनि के छ भने आधारभूत आवस्यकतामा मान्छेको जीवनमा नभई नहुने चिज हो घर । मान्छेले मेहनत गरेर कमाएपछि गासपछि बास पनि सुरक्षित होस भन्ने भइसकेपछि सानो घर निर्माण गर्छ । अनि कपास त भइहाल्यो । त्यसपछि मात्रै उसले व्यवसायमा लगानी गर्छ । यो घरजग्गा व्यवसाय हामीले व्यवसाय ग-यौं भनेर राम्रो भनेको होइन । यो व्यवसाय यस्तो व्यवसाय हो जसले गर्दा दशौं उद्योगलाई चलायमान बनाएको हुन्छ । यो व्यवसाय कमजोर हुने वित्तीकै सिमेन्ट उद्योग, रड उद्योग, क्रसर, बालुवा, रोडा, इटा, टायल, रंग सबैमा असर पर्छ । त्यो मात्रै नभई यो निर्माण हुँदा ती उद्योग मात्रै नचलेर लाखौंलाख व्यक्तिले रोजगारी पाउँछन् ।
हाउजिङ व्यसायको विकासका लागि राज्यले अवका दिनहरुमा योजना बनाएर सहर बनाउनु प-यो । कृषिको लागि कति जग्गा चाहिन्छ तराईको सबै फाटहरुमा व्यवसायीक कृषि गरिदिनुप¥यो । हातले गरेर नाफा हुँदैन । जग्गा एकीकरण गरेर हजारौं रोपनीमा खेति गर्नुपर्छ । अनिमात्रै धेरै कृषिका चिजहरु बाहिरबाट ल्याउन पर्दैन । राज्यले घरजग्गामै धेरै कुरा भएकाले सहरीकरण, होटल, रेस्टुरेन्ट, पार्क लगायतको निर्माण गर्ने क्षेत्र तोकिदनुप-यो ।
अहिले कोभिडबाट सबै क्षेत्रमा असर परेको छ । त्यस्तो अवस्थामा तपाईहरुलाई सरकारले कसरी सहयोग गर्नसक्छ ?
अवका दिनहरुमा राज्यले घरजग्गा व्यवसायीहरुलाई कर्जाको किस्ता भुक्तानीमा सहजिकरण गरिदिने गर्नुपर्छ । अहिले सुनिरहनु भएको होला रडको भाउ, सिमेन्टको भाउ कम भएको छ । उद्योगहरु ठप्प छन् । पहिलो दलालहरु थिए होलान तर अहिले विश्वस्तरको डेभलोपर सरहको काम नेपालमा भएकाले राज्यले सोही अनुसार व्यवस्था गरिदिनुपर्छ । राज्यसँग म विनम्र के अनुरोध गर्छु भने युवा डेभलोपरहरु, ईन्जिनियरहरुलाई संरक्षण गरिदियो भने नेपालको भविश्य राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया