काठमाडौं । एन आई सी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभुषित हुने भएका छन् ।
संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विशाल गु्रपका उपाध्यक्ष समेत रहेका प्रतिष्ठित उद्योगी अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरिएको हो ।
अध्यक्ष अग्रवाल पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा लागिरहेका छन् ।
सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका अग्रवाल मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् । साथै उनले भिजि फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया