काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यागे मन्त्रालयमा मन्त्रालयका सचिव, आपूर्ति मन्त्रालयका सह–सचिव र आपूर्ति तथा व्यवस्थापन विभागका महानिर्देशक बोलाएर बजार अनुगमन गर्ने काम नरोक्न निर्देशन दिएका छन् ।शनिबार बिहान मन्त्रीले निर्देशन दिँदै भने, ‘अनुगमन प्रभावकारी हुनुपर्छ । दण्ड गरेर मात्र भएन हामीले गरेको काम प्रभावकारी भयो कि भएन भनेर पुन अनुगमन गर्नुपर्छ । ढुक्क भएर काम गर्नुस्, परिणाम राम्रो आउँछ ।’बजार अनुगमन रोकिएका समाचार बाहिर आएकै बेला मन्त्री यादवले कसैसँग नडराएर काम गर्न निर्देशन दिएका हुन् ।साथै कर्मचारीले अहिलेसम्म भएका कामको विवरण सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया