सिल्भर जुब्लीमा रेखाको गाइन् ‘सिमसिमे पानीमा’

काठमाडौं २६ फागुन – सिमसिमे पानीमा गीत रिमिक्स गरेर चर्चामा आएकी गायिका रेखा शाहको एकल सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायन प्रतियोगितामा पहिलो भएको उनको गीत  ‘सिमसिमे पानीमा’ पच्चीस वर्ष पुगेको अवसर पारेर उनले सिल्भर जुब्ली मनाएकी हुन् ।राजधानीमा भएको उक्त समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया थापाले उद्घाटन गरेकी गरिन् ।समारोहमा मन्त्री थापाले आयोजक संस्था रेखा शाह फाउन्डेसनका तर्फबाट समाजसेवामा सक्रिय शक्ति समूह नेपालकी संस्थापक सदस्य चरिमाया तामाङ र बरिष्ठ गायिका तारा थापालाई ताम्रपत्रसहित जनही रु. ११ हजार १ सय ११ ले सम्मान गरिएको थियो ।राजधानीका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विपन्न वर्गका करीब १ दर्जन बालबालिकाको माध्यमिक तहसम्मको शिक्षामा सो संस्थामार्फत् गायिका शाहले आर्थिक सहयोग गर्दै आएको र आफ्नो जन्म सार्थक पार्न आफूले सहयोग गरेको बताइन् ।एकल गायन कार्यक्रममा एक दिन तिमी फर्कि आउनेछौ, तिमीलाई केही, सइँको घर काँ हो काँ लगायतका आफ्ना गीत र नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणाजस्ता अग्रज कलाकारका गीतहरु समेत गाएकी थिइन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन छन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखू भने’ लगायतका उनका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?