जब ६० वर्षका पूर्व सीइओले पुशअप गरेर जागिर मागे…

काठमाडौं । स्कटल्याण्डमा एक ६० वर्षका पोल मार्क्सले लकडाउनमा आफ्नो जागिर गएपछि अनौठो उपाय अपनाएर नजागिर मागेका छन् । उनको यो तरिका अहिले सारा विश्वमाभाइरल बनिरहेको छ ।

Paul Marks (Photo Video Grab Kennedy News and Media)

उनलाई वृद्ध भएको भन्दै जागिर कहिँ पनि नदिएपछि उनले अफिसमा गएर पुशअप गर्दै आफू फिट रहेको देखाएर जागिर मागेका छन् ।

Paul Marks (Photo Video Grab Kennedy News and Media)

उनको पुशअप गरेर जागिर मागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

Paul Marks (Photo Video Grab Kennedy News and Media)

लंकाशायरमा बस्ने पोल माक्र्स पाँच महिना पहिला दुबईको क्रियोल ग्रुपमा सञ्चालन प्रबन्धकको रुपमा काम गर्दथे । तर लकडाउनमा उनको जागिर गएको थियो ।

Paul Marks (Photo Video Grab Kennedy News and Media)

उनले धेरै ठाउँमा जागिरको लागि आवेदन दिए पनि कहीँ नपाएपछि यस्तो तरिका अपनाएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?