बोक्सीकाण्डमा मुछिए मेयर ममताप्रसाद चौधरी, एमालेले थाल्यो कारबाही

काठमाडौं, २७ फागुन । कैलालीको घोडाघोडीमा भएको बोक्सीकाण्डमा मुछिएका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रधानमन्त्री कार्यलयले समेत कैलाली जिल्ला प्रशासनलाई प्रहरीबाट दोषीलाई छुटाउनेहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।गत विहीबार महिला दिवसकै अवसरका कैलाली घोडाघोडीकी स्थानीय युवती राधा चौधरीमाथि आफूलाई भोलेबाबा बताउँने झाँक्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेर हेको समाचार बाहिर आएपछि एमालेले ममताप्रसाद चौधरीसँग स्पष्टिकरण लिएको छ ।मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले बताए ।रावलका अनुसार, तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको बताए ।यसैबीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार प्रेसविज्ञप्ति जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई समेत निर्देशन दिएको छ ।मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।एमाले पार्टी उपाध्यक्ष तथा प्रदेश नं. ७ का प्रदेश संयोजक भीम रावलले अपराधीलाई छुटाउने कार्यमा मेयर चौधरीको संलग्न रहेकोबारे चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानबिन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए । घटनामा दोषि जो भएपनि नछाट्ने रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?