जब एक भिखारीको पैसा गन्न पुलिसलाई आठ घण्टा लाग्यो !

काठमाडौं । भारतको मुम्बईस्थित गोवन्डी रेल्वे स्टेसनमा एक मगन्तेलाई लोकल ट्रेनले हानेपछि शुक्रवार मृत्यु भयो ।

जब उनको मृत्यु भयो तब,रेल्वे प्रहरी मगन्तेको परिवारका सदस्यलाई खोज्न उसको घर गए । तर त्यहाँ पुग्ददा उनीहरु नै तीनछक्क परे ।

रेल्वे प्रहरीले मगन्तेको झुप्रोबाट पैसाका बोरा र थैली फेला पार्‍यो । त्यसमा लगभग दुई लाख भारु बराबरका सिक्का र क्याश रहेको बताइएको छ । त्यसलाई गन्न प्रहरीलाई आठ घण्टा लगाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?