पुटिन भन्छन— अमेरिकासँग जुनसुकै मुद्दामा कुरागर्न तयार छौँ

मस्को, २७ फागुन – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताएका छन ।उनले भने– हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ ।राष्ट्रपति पुटिनले अमेरिकासँग क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरु, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न हामी तयार छौँ भने ।उनले रुसको एनबिसी मिडियासँगको कुराकानीमा सो धारणा सार्वजनिक गरेका हुन । उनको सो अन्तरवार्ता उक्त मिडियाले शनिबार प्रकाशन गरेको छ ।उनले सो अन्तरवार्तामा रुस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्ने भन्दै यसलाई सार्वजनिक अभिव्यक्तिका रुपमा आक्रोस व्यक्त गर्नेभन्दा पनि वार्ता राम्रो हो भनेर हेर्नुपर्ने बताएका छन ।मलाई त लाग्छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रुससँग सबै विषयमा, सबै मुद्दामा बसेरै वार्ता गरौँ भन्ने पक्षमा छन, तर कुनै अर्काे शक्तिले उनलाई यसो गर्न दिइरहेको छैन— राष्ट्रपति पुटिनले भने ।उनले समयले अमेरिकालाई पनि रुससँग सबै विषयमा बसेरै वार्ता गर्ने काममा सघाउने र एउटै टेबलमा ल्याउने काम गर्नेमा आफू विश्वस्त रहेको पनि उनले अपेक्षा गरेको बताए ।अमेरिका र रुसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाई अमेरिकी मिडियाको रहेको छ ।यस कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले पनि अघि सारेकी थिइन । त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै खेदेका थिए ।तर यसलाई राष्ट्रपति ट्रम्पले भने स्वीकार गरेका छैनन । तर पनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।राष्ट्रपति भएका सुरुका दिनहरुमा भने ट्रम्पले रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गर्ने गर्थे। तर अहिले सम्बन्ध बिग्रिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?