काठमाडौं, २७ फागुन । नेपाल बैंकर्स संघ र एनआईसी एशिष बैंकबीच देखिएको ब्याजदरको समस्या लम्बिदा त्यसको असर सेयर बजारमा देखिन थालेको छ । यस समस्याले आइतबारको सेयर बजार साढे दुई घन्टा २५ अंकले घटेको छ ।कारोबारमा आएका सबै उप समूहमा गिरावट छाउँदा पाँच कम्पनी बाहेक सबै कम्पनीको सेयरमूल्य घटेको छ ।नेपाल बैंकर्स संघले आइतबार फेरि बैठक गरि प्रणालीगत जोखिम बढ्ने निष्कर्ष निकाल्दै २७ बैंकले एनआइसी एसिया बैंकसँग कुनै अन्तर बैंक कारोबार नगर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् ।ब्याजदरको विषयले समग्र बैंकिङ्ग क्षेत्रमा हलचल ल्याउँदा अब के होला भन्ने अन्यौलता सेयर बजारको लगानीकर्तामा उत्पन्न हुँदा आईतबार सेयर कारोबार खस्किएको छ । बजारमा खरिद चापभन्दा विक्री चाप अधिक देखिएको छ । जसले गर्दा पाँच कम्पनी बाहेक कारोबारमा आएका सबैको सेयरमूल्य घटेको छ ।१४५ कम्पनीका तीन लाख ९६ हजार कित्ता सेयर १६ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएका छन् । बीमा समूहमा सबैभन्दा बढी १८६ अंकले ओराले लाग्दा वित्त समूह सबैभन्दा कम २.५६ अंकले घटेको छ ।भने सबैभन्दा बढी कारोबार भएको एनआईसी एशिया बैंकको सेयर ९१ लाख रुपैयाँमा खरिद विक्री भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया