‘मिसेस् एशिया प्यासिफिक ब्युटी प्याजेन्ट’मा गोमा र विन्दु

काठमाडौं – अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिसेस् एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ नेपाल प्रतिनिधित्व गोमा अधिकारी र विन्दु लामा गर्ने भएका छन् ।उक्त प्रतियोगिता अन्तर्गतको मिसेस् एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।प्रतियोगीतामा उनीहरुका लागि सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन ड्रिम सर्च एजेन्सीले गरेको हो ।हिमानी सुब्बाको कोरियोग्राफी, नृत्य निर्देशक एलेक्स महर्जनको नृत्य प्रशिक्षण र आर्टिस्ट नेपालको फोटो तथा भिडियो सहित उनीहरु सो प्रतियोगीता २४ मार्चमा मलेसियास्थित कन्ट्रिगार्डेन फोनिक्स होटलमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?