काठमाडौं, २७ फागुन – चलचित्र मंगलम यतिबेला नेपालका विभिन्न हलमा रिलिज भएको छ । तर फिल्मले मल्टिप्लेक्सका दर्शकलाई तान्न सकेको छैन । सिंगल थिएटरका दर्शकले भने फिल्म रुचाएका छन् ।धेरै दृश्य एउटै घर वरिपरि छायांकन गरिएको चलचित्रले दर्शकलाई झुर भने बनाउँदैन । पारिवारिक कथामा निर्माण भएको चलचित्रले पारिवारिक विषयवस्तुलाई उठान गरेको छ ।फिल्मको सबैभन्दा रोचक पक्ष भनेको मूल पात्रले गरेको अभिनय नै हो । चलचित्र दुई कलाकार दीपक (पुष्प खड्का) र रत्ना (शिल्पा पोखरेलको कथामा आधारित छ । दीपककी आमाको भूमिकामा मिथिला शर्मा छिन् । यी तीन पात्रले यति दमदार अभिनय गरेका छन् कि, एक थरी दर्शक, जो फिल्म हेरेर भावविह्वल हुन सक्छन् । त्यस्ता दर्शकलाई रुवाउन सक्ने ल्याकत राख्छ पात्रको अभिनयले ।प्रेम र समस्यालाई निर्देशक नेपालले आफ्नो निर्देशकीय क्षमतामार्फत सफल रुपमा उतारेका छन् ।चलचित्र ‘दर्पण छायाँ २’ बाट खासै अभिनयमा जादु देखाउन नसकेका पुष्प खड्काले भने यो चलचित्रबाट आफूमा प्रसस्तै सम्भावना देखाएका छन् । त्यस्तै छोटो भूमिकामा देखिएकी साम्राज्ञीको भूमिका पनि आकर्षक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया