एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई मौकाको फाईदा उठाउन गर्‍यो यस्तो आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले तीन महिना वा सो भन्दा बढि भाका नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २३ दिन बाँकी रहँदा समयमा नै फाईदा उठाउन आफ्ना ऋणीहरुलाई आग्रह गरेको छ ।

बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न विभिन्न सहुलियतका योजनाहरू ल्याइरहेको ल्याइरहेको छ । यसैक्रममा बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

यस असाधारण समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन २३ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सबै ऋणीहरुलाई आग्रह गरेको हो । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहकहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

साथै बैंकबाट कर्जा उपभोग गरिरहेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।

यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नेछन् ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?