बुटवल, २८ फागुन । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई आह्वान गरेका छन् ।प्रदेशसभाबाट विश्वासको मत पाएको पोखरेलले पत्रकार सम्मेलन गरेर सबै मिलेर सुशासन र विकासका लागि अघि बढ्न आह्वान गरेका हुन् ।पोखरेलले भने, सुशासन र विकासका लागि अघि बढ्न सक्यौ भने मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौं र जन आकांक्षालाई पूरा गर्न सक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया