काठमाडौं । जनरल इनसोरेन्स कम्पनी नेपाल लिमिडेटले असोज ११ गतेदेखि जारी गरेको आइपिओ सोहि दिन मागभन्दा धेरै आवेदन परेको छ ।
बिक्रि प्रबन्धक एन आइ बि एल एस क्यापिटलका अनुसार सोहि दिन ३१ लाख ८५ हजार ५ सय कित्ताका लागी ९५ हजार ८ सय ५० आवेदन परेको जानाएको छ । कम्पनीले ३० करोड रुपैँया बराबरको ३० लाख कित्ता आई पि यो मात्र जारी गरेको छ ।
आम सर्वसाधारणका लागी असोज ११ गते देखि १४ गते सम्मका लागी खुलाइएको हो ।
असोज १४ सम्म पूर्ण रुपमा आवेदन नआएको अवस्थामा भने असोज २५ गते सम्मका लागी लम्बाइने कम्पनीको योजना रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया